राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी
प्रकाशित मिति : 19 April, 2023 8:33 am
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा लैजाने तयारी भएको हो ।
मंगलबार बिहान बेहोश भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनको पेटमा इन्फेक्सन देखिएको अस्पताल स्रोतले जनाएको छ।
२ साता अघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।