९ मंसिर २०८१, आइतबार

उपचारका लागि राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लगियो

प्रकाशित मिति :  19 April, 2023 10:48 am


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ।

उनलाई केही बेरअघि श्री एयरलाइन्समार्फत भारतको नयाँ दिल्ली लगिएको हो। स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) अस्पतालमा लगिएको हो ।

राष्ट्रपति पौडेललाई पेटमा समस्या देखिएपछि ६ दिन अघि मात्र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। मंगलबार बेहोस भएपछि पुन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) अस्पताल लगिएको हो ।



प्रतिक्रिया दिनुहोस !