आज सूर्यग्रहण, नेपालबाट नदेखिने
प्रकाशित मिति : 20 April, 2023 8:37 am
काठमाडौँ । आज यो वर्षको पहिलो सूर्य ग्रहण लाग्दै छ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।
आज लाग्ने ग्रहण कम्बोडिया, चीन, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।
यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । यी तीन ग्रहण नेपालबाट नदेखिए पनि कार्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।