३ कार्तिक २०८१, शनिबार

रोल्पाको रुन्टीगढी गाँउपालिकालाई गोल परियोजनाद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  15 April, 2020 11:29 am


रोल्पा, ३ बैशाख।

रोल्पाको रुन्टीगढी गाउपालिलाई अष्ट्रेलियन एड ,आड्रा नेपाल,रुपान्तरण नेपाल र रुडास नेपाल अन्तर्गतको कृषि तथा जीविकोपार्जन पर्वद्वन गोल परियोजनाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै परियोजनाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

गोल परियोजनाले फिनाइल ४८ वोटल ,स्प्रीड ४८ वोटल,ग्लोव ३०००पिस,सेनिटाइजर १ सय १० एम.एल. को २४ वटा गाँउपालिकालाई हस्तान्तरण गरेको छ ।

त्यस्तै ५ सय एम. एल. को २० वटा,र मास्क ५ सय वटा रुन्टीगढी गाउँपालिका लाई हस्तान्तरण गरिएको गोल परियोजनाका वासुदेव पाख्रेलले जानकारी दिए ।

एक कार्यक्रमकाबीच स्वास्थ्य सामाग्री ग्रहण गर्दै रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढाले कोरोना भाइरस बिरुद्वको अभियानमा गोल परियोजनाले पनि रुन्टीगढी गाउपालिकालाई साथ दिएकोमा धन्यवाद ब्यक्त गरे ।

उनले कोभिड १९ कोरोना भाइरस बिरुद्व सम्पूर्ण आम नागरिकलाई एक हुन आग्रह गर्दै अनुशासनमा रहन समेत आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !