३ कार्तिक २०८१, शनिबार

कपिलवस्तुमा अहिलेसम्म गरिएको कोरोना भाइरस परीक्षण नेगेटिभ

प्रकाशित मिति :  15 April, 2020 5:40 pm


काठमाडौं, ३ बैशाख ।

कपिलवस्तुमा आजसम्म गरिएको कोरोना भाइरस परीक्षण नेगेटिभ देखिएको छ ।

आरडीटी विधि मार्फत र प्रयोगशाला दुबैमा अहिलेसम्म गरिएका परीक्षणको नतिजा नेगेटिभ आएका हो ।

कपिलवस्तुमा आजसम्म ५ सय ७ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

अहिलेसम्म कृष्णनगर नगरपालिकामा  ४५, विजयनगर नगरपालिका १ सय ४६, शिवराज नगरपालिकामा ३०, महाराजगञ्ज नगरपालिकामा १३७, बाडगंगा नगरपालिकामा ४, कपिलवस्तु नगरपालिकामा २०, यशोधरा गाँउपालिकामा ३, मयादेवी गाँउपालिकामा ७० र शुद्दोदन गाँउपालिकामा ५२ जनाको परीक्षण गरिएको छ ।

अहिलेसम्म प्रयोगशालामा एक जनाको नमुना पठाएपनि नेगेटिभ आएको थियो ।



प्रतिक्रिया दिनुहोस !