९ मंसिर २०८१, आइतबार

भारतको छत्तिसगढमा नक्सलवादी हमलामा ११ जना सुरक्षाकर्मी मारिए

प्रकाशित मिति :  26 April, 2023 4:31 pm


काठमाडौँ । भारतको छत्तिसगढ दन्तेवाडामा नक्सलवादी हमलामा ११ जना मारिएका छन् । डिस्ट्रिक रिजर्व गार्ड(डीआरजी)फोर्स चढेको गाडी धरापमा पर्दा ११ जना सुरक्षाकर्मी मारिएका हुन् ।

मृत्यु हुनेमा ११ जना डीआरजीका जवान र एक जना ड्राइभर रहेका छन् । सुरक्षाकर्मी अपरेशका शिलशिलामा जादै गरेका बेला विद्युतीय धरापमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नक्सलवादीको प्रभाव क्षेत्रमा पुग्ने वित्तिकै गाडी विद्युतीय धरापमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेलले घटना दुखद भएको बताए ।

उनले नक्सलवादीविरुद्धको लडाइँ अन्तिम चरणमा रहेको बताए । उनले नक्सलवादीलाई कुनै पनि मूल्यमा नछोड्ने बताए । सरकारको पछिल्लो तथ्याङ्क अनुसार छत्तिसगढको ८ जिल्लामा नक्सल प्रभाव छ ।



प्रतिक्रिया दिनुहोस !