२९ पुस २०८१, सोमबार

भोलिदेखि ९७.७५ करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

प्रकाशित मिति :  28 April, 2023 11:23 am


काठमाडौं । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ५ वर्षे वैदेशिक रोजगारी बचतपत्र बिक्री गर्न लागेको छ । राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार पैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ वैशाख १७ गते (आइतबार)देखि बिक्री खुला गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार बचतपत्रको बैशाख १७ गतेदेखि जेष्ठ १७ गतेसम्म बिक्री खुला हुनेछ भने जेष्ठ २४ गते निष्काशन हुनेछ ।

राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो। यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीमात्र) को नाममा खरिद गर्न सक्नेछन्।

यो बचतपत्रमा वार्षिक ११ प्रतिशत (ब्याजकर लाग्ने) ब्याज पाइनेछ। यो बचतपत्रको ब्याज भुक्तानी ६–६ महिनामा गरिनेछ भने ५ वर्षमा साँवा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

इच्छुक लगानीकर्ताले बचतपत्रका लागि घटीमा १० हजार देखि बढिमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरि आह्वान गरिएको रकमसम्म खरीद दरखास्त दिन सक्नेछन् ।

यो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिनेछ।

आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा ९भारत बाहेक०, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र ९म्याद ननाघेको० को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले काठमाण्डौस्थित सिटिजन्स् बैंक इन्टरनसेनल, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफर, आइएमई लिमिटेड, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, ई–सेवा मनी ट्रान्सफर र नेपाल रेमिट इन्टरनेसनलमा गएर बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !