आजको मौसम: मेघ गर्जन र चट्याङ्ग सहित वर्षा
प्रकाशित मिति : 30 April, 2023 7:10 am
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाखाखाको जानकारी अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक र दुई मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।