कालिकोटमा विप्लव नेकपाद्धारा दोहारो सुरक्षा जाँचको प्रस्ताव,खाद्यान्नको नाममा रक्सी भित्राईएको आरोप
प्रकाशित मिति : 16 April, 2020 7:33 am
कालिकोट, ४ चैत ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लामा चामल ढुवानीको नाममा राती रक्सीका पेटी ढुवानी गरेको दाबी गर्दै दोहोरो सुरक्षा जाँचको प्रस्ताव गरेको छ ।
नेकपा कालिकोटका सेक्रेटरी रणदीप ऐरीले कालिकोटमा लकडाउनको समेत उल्लंघन भएको र राती कालो बजारीयाहरुले वडाअध्यक्षको सिफारिसमा चामका साथै रक्सी र सुर्ती वस्तु ढुवानी गरेको दाबी गरेका छन् ।
सेक्रेटरी रणदीपले भनेका छन्,‘सत्तसिनको सिफारिस भए कोरोना भाइरस भित्रिदैन क्या हो ? सम्बन्धित निकायको ध्यान जावस नत्र त्यो नाकामा दोहोरो सुरक्षा जाँचको सहमति गरौं हामी तयार छौं ।
नेकपाको भातृ सँगठन युवा संगठन नेपालले आजदेखि कोलिकोटमा कोराना भाइरसको नाममा गाँउमा वितरण गरिएको रहतको लिष्ट जाँच गर्ने र सिमानाहरुमा जाँच गर्ने रणदीपको भनाई छ ।