वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किदाँ ४ जना घाइते
प्रकाशित मिति : 30 April, 2023 3:21 pm
काठमाडौं । वीर अस्पतालको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् ।
आइतबार अस्पतालको छतमा सुरक्षाको लागि लगाएको पर्खाल भत्किदाँ ४ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
उनले भने ‘वीर अस्पतालको पुराना भवनको छतमा सुरक्षाको लागि बनाइएको दुई साढे दुई इन्जको पर्खाल हुन्छ नि हो त्यै भत्केर केही इट्टा खस्दा अस्पतालमा उपचार गराउन आएका ४ जना विरामी सामान्य घाइते हुनुभएको छ ।’
अहिले घाइते चारै जनाको राष्टिय टमा सेन्टरमा उपचार भइरहेको प्रवक्ता एसपी रिजालले बताए ।