रास्वपाको केन्द्रीय समितिको बैठक जारी, सरकारलाई दिएको समर्थन बारे निर्णय गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रिय समितिको बैठक बसिरहेको छ ।
सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्नेलगायत विषयमा निर्णय गर्न रास्वपाको केन्द्रीय समितिको बैठक सुरु भएको एक नेताले जानकारी दिए ।
उनका अनुसार बैठक केहिबेर अगाडी काठमाडौँको बसुन्धरास्थित रास्वपा केन्द्रीय कार्यालयमा सुरु भएको छ।
बैठकले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयनबारे औपचारिक निर्णय गर्ने रास्वपा महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालले जानकारी दिए।
साथै बैठकले वर्तमान सरकारलाई दिइएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने विषयमा पनि छलफल गर्ने प्रवक्ता ढकालले बताए । उनले भने , हिजो आइतबार बालुवाटार पुगेर रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ भेटको बारेमा बैठकमा व्रिफिङ गर्नुहुनेछ ।
केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्ने रास्वपाले जनाएको छ।