९ मंसिर २०८१, आइतबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

प्रकाशित मिति :  3 May, 2023 8:21 am


काठमाडौँ । आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरुको आह्वानको प्रतिध्वनि स्वरुप सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले प्रेस स्वतन्त्रता दिवस मनाउने थालिएको हो ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’जारी गरेको थियो। त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

राष्ट्रसङ्घको यो निर्णयसँगै मे ३ लाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले विषेश दिनका रूपमा लिन्छन्। आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ ।

‘भविष्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ युनेस्कोले यो दिवस मनाइदैछ ।



प्रतिक्रिया दिनुहोस !