अर्घाखाँचीको सुपादेउरालीमा ढुङ्गाले लागेर एक महिलाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको सुपादेउराली परिसर अगाडि भिरबाट खसेको ढुङ्गाले लागेर बुधबार दिउँसो एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
सुपादेउराली मन्दिरबाट १२० मिटर अगाडि झोलुङ्गे पुलको तल (गोरूसिङगे-सन्धिखर्क सडकखण्डको कुनापट्टी) पुजाका सामाग्रीको ट्याङकीमा व्यापार गर्दै आएकी सन्धिखर्क ७ कि ३६ बर्षिय कल्पना थापाको मृत्यु भएको सन्धिखर्क नगरपालिका ७ का वडा अध्यक्ष चुरा केसीले जानकारी दिए।
महिलाले पुजाको सामाग्री बेच्न बसेको बेलामा एक्कासी भिरबाट खसेको ढुङ्गाले शरिरको पिठ्युँमा लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । सँगै रहेकी मृतककी छोरी १७ बर्षिय गौरी थापा र सन्धिखर्क नगरपालिका ७ कि १८ वर्षीया रिता थापा भागेर ज्यान बचाउन सफल भएका छन् ।
अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यालय ठाडा र प्रहरी चौकी नरपानीबाट प्रहरी टोली पुगेर मुचुल्का गरी पोष्टमाट्मका लागि शवलाई जिल्ला अस्पताल सन्धिखर्क पठाउने तयारी भैरहेको छ ।