३१ भाद्र २०८१, सोमबार

आज २५६७ औँ वुद्ध जयन्ती

प्रकाशित मिति :  5 May, 2023 7:37 am


काठमाडौँ । आज शान्तिका अग्रदूत गाैतम वुद्धकाे २५६७ औं जयन्ती विश्वभर विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइदैछ । भगवान् विष्णुको नवौं अवतारका रूप समेत मानिएका वुद्धकाे नेपालमा हिन्दू र वाैद्ध दुबै धर्मालम्बीहरूले आदरसम्ममानका साथ पूजाआजा गर्ने गरेका छन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइदै आइएकाे छ । । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।

इसापूर्व ५६३ मा रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका वुद्धले विश्वभर शान्ति दूत बनेर चम्किए ।

बुद्धकाे जन्म, उनले गरेकाे ज्ञान प्राप्ति र महापरिनिर्वाण (मुत्यु) समेत वैशाख शुक्ल पूर्णिमाकै प्राप्त गरेका थिए । लुम्बिनी, स्वयम्भू, बौद्धसमेतका विभिन्न गुम्बाहरूमा आजकाे दिन विशेष रहने गर्छ ।



प्रतिक्रिया दिनुहोस !