९ कार्तिक २०८१, शुक्रबार

यस्ताे छ आजकाे माैसम

प्रकाशित मिति :  5 May, 2023 7:49 am


काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज बिहान पहाडी भू-भागमा बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ । 

शुक्रबार दिउँसाे पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जनाइएकाे छ । 

कोशी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार शुक्रबारकाे रातमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। 



प्रतिक्रिया दिनुहोस !