३१ भाद्र २०८१, सोमबार

दूर्गममा तत्काल चिकित्सक पुर्याउने स्वास्थ्यमन्त्रीकाे प्रतिवद्धता, स्वास्थ्य सामग्रीकाे तथ्याङ्क दुरूस्त राख्न निर्देशन

प्रकाशित मिति :  5 May, 2023 9:20 am


काठमाडाैँ। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दूर्गमभन्दा दूर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पु-याउने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने प्रतिवद्धता व्यक्त गरे।

स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सो काम गर्ने मन्त्री बस्नेतको योजना छ । मन्त्रालयका सम्पूर्ण टिमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताए।

मन्त्री बस्नेतले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताए। “एकीकृत बुद्धि, विवेक र प्रयासबाट यो यो मन्त्रालयको गतिविधिलाई अगाडि बढाउन सकियोस् । मैले फेरी दोहो-याउन चाहे– म चाँही कम सुते हुने मान्छे,  बढि खटन सक्ने मान्छे । म तपाईहरु सबैको सुझाव लिएर आफ्नो समय बढि भन्दा बढि यो ठाउँलाई सदूपयोग गरेर म अगाडि बढने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छु ।” उनले भने । 

मन्त्री बस्नेतले एक हप्ता भित्र स्वास्थ्य सामग्रीहरुको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए। स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाव दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनकाे भनाइ छ । 

मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्युममा भएपनि त्यसको सदूपयोग हुन नसकेको भन्दै आपत्ति जनाए । “अव यो स्वास्थ्य सामग्री जति खरिद भएको छ । यो प्रयोगमा आएको छैन । यो चाँही तत्काल कुन–कुन ठाउँमा, कसरी थन्किएको छ,” कर्मचारीलाइ निर्देशन दिँदै भने, “एक हप्ता भित्र त्यसको हिसाव खोज्नुस ।”:

दूर्गम जिल्लाहरुमा त्यो सामग्री नभएको कारणले समस्या परिराखेको छ भने प्राथमिकतासाथ लिएर काम गर्नु पर्नेमा उनकाे जाेड छ। मन्त्री बस्नेतले जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन चिकित्सकहरुलाई समेत सचेत गराउनु गराए । 



प्रतिक्रिया दिनुहोस !