सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, छ सय जनाको स्वास्थ्य परीक्षण
काठमाडौँ । महेन्द्र भवन भूतपूर्व विद्यार्थी संघ नेपाल (अम्बान)ले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँगको सहकार्यमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर सम्पन्र गरेकाे छ । अम्बानले यही वैशाख १ र १६ गते गरेर दुई दिने शिविर सञ्चालन गरेको हो ।
निःशूल्क शिविरमा सिन्धुपाल्चोकका छ सय जनाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्दका बरिष्ट डा। रबि मल्ल तथा उनका समूहका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेका थिए ।
उक्त परिक्षण कार्यक्रमका क्रममा पाँच जना बिरामीलाई थप उपचारको आवश्यक देखिएको थियो । र, उक्त उपचार शहिद गंगालाल हृदय केन्द्रले निःशुल्क र सहुलियतमा गरिने जानकारी दिए ।
कार्यक्रममा अम्बानका अध्यक्ष सुजन मेन्डिजले निकट भविष्यमा यस्ता कार्यक्रमहरू देशका हरेक पालिकामा आयोजना गरी देशभरका मुटुरोगीहरूलाई उपचार गरी सेवा पुर्याउने बताए ।
अम्बानले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका निर्देशक डा। कमलबहादुर खड्काको संयोजकत्वमा महेन्द्र भवन माध्यमिक आवसीय बिद्यालयका बिद्यार्थीहरूलाई निःशूल्क दृष्टि जाँच कार्यक्रमको आयोजना गरेका थियो । दृष्टि जाँचको क्रममा कमजोर दृष्टि भएका १५ जना बिद्यार्थीहरूलाई नेपाल आँखा अस्पतालको सहयोगमा नि:शुल्क चस्मा उपलब्ध गराएका थिए ।
अम्बान २०४९ सालमा गठन गरिएको महेन्द्र भवन भुतपूर्व विद्यार्थीहरूको समूह हो । हाल यस संघमा आजीवन र साधारण सदस्य गरी कुल ३५० जना सदस्यहरू छन् ।