५ आश्विन २०८१, शनिबार

आजदेखि काठमाडौँ महानगरपालिकाले अव्यवस्थित तार हटाउँदै

प्रकाशित मिति :  8 May, 2023 7:58 am


काठमाडौँ । आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु हुँदैछ ।

प्राधिकरणले सडकका पोलहरुमा अव्यवस्थित गुजुल्टो परेको, झुण्डिएको, लत्रिएको तारहरुले शहरको सौन्दर्यता बिगारेको तथा दुर्घटनाको जोखिम बढाएकाले अव्यवस्थित तारहरुको व्यवस्थापन गर्न लागेको हो।

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिने भएको हो ।

प्राधिकरणले तय गरेको रुट अनुसार आज पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तारहरु व्यवस्थित गरिने छ ।



प्रतिक्रिया दिनुहोस !