पोखराको पद्म नर्सिङ होममा पहिलो पटक क्यान्सरको सफल शल्यक्रिया
काठमाडौँ । पोखराको नदीपुरमा रहेको पद्म नर्सिङ होममा पहिलो पटक पेटमा रहेको क्यान्सरको शल्यक्रिया सफल भएको छ ।
अन्य अप्रेसन भन्दा पेटमा रहेको क्यान्सरको अप्रेसनमा ग्रन्थि सहित क्यान्सर फाल्नुपर्ने र उक्त कार्य निकै जटिल हुने भएकाले त्यहाँका शल्य चिकित्सकले आठ घण्टा लामो समय लगाएर ५१ वर्षिय पुरुषको पेटमा रहेको क्यान्सरको सफल शल्यक्रिया गरेका हुन् ।
पद्म नर्सिङ होमका पेट कलेजो, आन्द्रा तथा प्याङक्रियाज रोग शल्यचिकित्सक जीआई एन्ड एचबी सर्जन डाक्टर सुजन गौतमको टीमले ५१ वर्षिय पुरुषको पेटमा रहेको क्यान्सरको सफल पुर्वक शल्यक्रिया सम्पन्न गरेको अस्पतालले जनाएको छ ।
सामान्य अप्रेसन र क्यान्सर सम्बन्धी अप्रेसनमा भिन्नता हुने बताउँदै डाक्टर सुजन गौतमले कुनै पनि क्यान्सरको शल्यक्रिया गर्दा ग्रन्थि ‘लिम्फ नोड’ सहित निकाल्नुपर्ने र क्यान्सर भएको ठाँउको ग्रन्थिहरूलाई पनि शल्यक्रियाको माध्यामबाट रगत बहने नसाको छेउछाउमा रहेर शल्यक्रिया गर्नु पर्ने भएकोले निकै जटिल भएकाले आफ्नो टीमलाई आठ घण्टा समय लागेको बताए ।
सो अवसरमा बाेल्दै पद्य नर्सिङ होमका अध्यक्ष इन्दीरा शर्मा सुवेदीले विगत २८ वर्षदेखी पोखरामा बिरामीहरूको सेवा प्रदान गर्दै आइरहेको पद्य नर्सिङ होमले पोखराको नदीपुरबाट सञ्चालनमा आएसँगै पोखरामा पहिलोपटक क्यान्सर जस्तो रोगको सफल शल्यक्रिया गरी बिरामीहरूलाई हौसला प्रदान गरेको बताइन ।
बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. गत असोज देखि पोखरा महानगरपालिका वडा नम्बर ३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट संचालनमा आएको छ ।
हस्पिटलमा अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरू, आइसियु, एनआईसियु , एक्सरे ,भिडियो एक्सरे, इण्डोस्कोपी,कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगयतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।