सुनिलस्मृतिको नीति तथा कार्यक्रम : गजुलकोट दरबार गौरबको आयोजना,लिस्नेमा हिलस्टेशन
काठमाडौँ । सुनिलस्मृति गाउँपालिकाले गजुलकोट दरबारको ऐतिहासिकता र पुरातत्वको महत्वलाई उजागर गर्न पुरातत्व विभागसंगको समन्वयमा गाउँपालिकाले गौरवको आयोजनाको रुपमा सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा गाउँपालिकाले गजुरकोट दरबारलाई गाउँपालिकाको गौरवको आयोजनाको रुपमा सञ्चालन गर्ने भएको हो ।
गाउँपालिकालाई आन्तरिक पर्यटनको आकृषक गन्तव्यको रुपमा परिचित गराई सोबाट आर्थिक लाभ प्राप्त गर्न पर्यटन विकासलाई विशेष प्राथमिकता दिइनेछ नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकामा रहेका धार्मिक, सांस्कृतिक, मौलिक, ऐतिहासिक, प्राकृतिक र प्राचिन महत्वका गन्तव्यहरूको पहिचान गरी प्रचार प्रासर गर्ने र छुट्टै स्मारीका प्रकाशन गर्ने कार्य आगामी वर्षमानै गरिने भएको छ ।
खुंग्रीमा चालु आर्थिक वर्षमा निर्माणहुने कोसेली घरलाई थप व्यवस्थित वनाइ घरेलु तथा औद्योगिक उत्पादनको संकलन गरि विक्रि वितरण गर्ने रोल्पा जिल्लाकै मुख्य केन्द्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा समावेश छ ।
घोडागाउँमा इको भिलेज र होमस्टे सञ्चालनका लागि आवश्यक प्रबन्ध गरिने र लिस्नेमा हिलस्टेशन निर्माण गरी सञ्चालनमा ल्याउने कार्यको थालनी गरिने अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।
तेबाङको राज्यपोखरीलाई बृहत आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिणत गर्न डीपीआर अनुसारको नुसारको कार्य सम्पन्न गर्ने आवश्यक बजेट विनियोजन गर्दै लगिने अध्यक्ष बुढाथोकीले दिए ।