१ मंसिर २०८१, शनिबार

काठमाडौँबाट भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन हुने

प्रकाशित मिति :  14 May, 2023 9:07 am


काठमाडौँ। काठमाडौँबाट भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन हुने भएका छन्।

शुक्रबार काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले एक बसपार्क नीति कार्यान्वयन प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो।

योसँगै गोंगबुस्थित नयाँ बसपार्कबाहेक अन्यत्र ठाउँमा यात्रु चढाउन र ओराल्न पाइने छैन। महानगरका अनुसार काठमाडौँमा दैनिक करिब सात सय संख्यामा सवारीसाधन प्रवेश गर्छन्। यही संख्यामा बाहिरिन्छन्।

नयाँ बसपार्कको ७५० वटा सवारीसाधन व्यवस्थापन गर्ने क्षमता छ। बसपार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ।

बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय गरेको छ । महानगरपालिका अनुसार अहिले गौशाला, चावहिल, सुन्धारा लगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारी साधनका टिकट काउन्टर छन् ।

बसपार्कमा लगाउने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ ।

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौं, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !