४ आश्विन २०८१, शुक्रबार

गर्भवती महिलालाई एक्सरे निशुल्क,जिल्ला अस्पतालसम्म पुग्न एम्बुलेन्स खर्च गाँउपालिकाले बेहोर्ने

प्रकाशित मिति :  16 April, 2020 6:31 pm


रोल्पा, ४ वैशाख ।

रोल्पाको माडी गाउँपालिले गाउँपालिका भित्रका सबै गर्भवती महिलाहरुको भिडियो एक्सरे निशुल्क गर्ने निर्णय गरेको छ ।

गाउपालिकाको बैठकले गाउँ पालिका भित्र रहेका सबै गर्भवतीहरुको स्मृति हस्पिटलमा निशुल्क भिडियो एक्सरे गरेको खर्च गाउँपालिकाले ब्यहोर्ने निर्णय गरेको हो ।

बाहिर पठाउनु परे जिल्ला अस्पताल रेउघा सम्मको एम्बुलेन्स भाडा गाउपालिकाले ब्यहोर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

गर्भवती महिलाहरुको सुविधानका लागि एक्सले र जिल्ला अस्पतालसम्मको एम्बुलेन्स खर्च गाँउपालिकाले बेहोर्ने निर्णय गरेको प्रवक्ता ललित घर्तीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !