१ मंसिर २०८१, शनिबार

शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ: सांसद वाग्ले

प्रकाशित मिति :  15 May, 2023 2:35 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठककाे शुन्य समयमा बोल्दै सांसद वाग्लेले शरणार्थी प्रकरणमा संलग्न सबैलाई छानविनको दायारामा ल्याइ यस प्रकरणकाे विश्वानिय टुङ्गो लगाउनुपर्ने बताएका हुन् ।

वाग्लेले भ्रष्ट्राचारको शास्त्रीय परिभाषा रहेको भन्दै उनले भने, “निजि लाभको लागि सार्वजनिक पदको दुरुपयोग गर्ने चलन नेपालमा व्यापक रहेको छ ।’’

उनले आफ्नो निर्वाचन क्षेत्र तनुँह १ मा दर्जनौँ ठूला विकासका आयोजना अलपत्र अवस्थामा रहेको बताएका छन् । चन्द्रवती-सन्जुरपोखरी सडक छाप पोखरी ठेक्का लागेर पनि तीन चार वर्षदेखि काम हुन नसेकेको भन्दै वाग्लेले अापत्ति जनाए ।

वाग्लेले पुलहरू टेन्डर लगाएर पनि अघि नबढ्दा दमौली केशव टार र सुखौला खण्ड अलपत्र रहेको रहेको बताएका छन् ।

उनले भने, “भ्रष्टाचारले सडक नबन्रे मात्र होइन बनेका सडक पनि सुरक्षित छैनन् । हालमा बन्दीपुर गाउँपालिकामा दुर्घटना हुदाँ कयौँ मान्छेको मृत्यु र हताहती हुन पुग्यो । त्यसकारण मलाई लाग्छ राष्ट्रिय भौतिक प्राधिकरणको औचित्यमा बहस सुरु गर्नुपर्ने समय आएको छ ।’’



प्रतिक्रिया दिनुहोस !