नेपालमा फेक मिडिया र फेक न्युजको परकाष्ठा भयो : सांसद राणा
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नेपालमा फेक मिडिया र फेक न्युजको परकाष्ठा रहेको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै राणाले सरकारले फेक मिडियाको तत्काल सुपरीवेक्षण गर्नुपर्ने बताएकी हुन् ।
“हाम्रो देशमा फेक न्युजको पराकास्टा छ। फेक मिडियाको सरकारले सुपरीवेक्षण गर्नुपर्छ। मेरो नाम लिएर फेक अडियो टेष्टका लागि प्रहरीलाई दिएको थिएँ। तर त्यो दर्ता गर्न तीन घण्टा लगाइयो। मैले ६ दिन अगाडि यस्तै अर्को फेक अडिओ, मेरो नाम लिएर बनाइएको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताबारे भनेर बनाएको फेक अडिओबारे फरेन्सिक टेष्टका लागि सिआइबी र साइबर क्राइम सेलमा दिएको थिएँ। दर्ता गर्न पनि मानिएको थिएन,’ उनले भनिन्, “तीन घन्टा लाग्यो दर्ता गर्न। ६ दिन हुँदा पनि त्यो अडिओ फेक हो कि होइन भनेर किन बताउन सकिएको छैन ?”
उनले आफ्नो नाम लिएर नक्कली भुटानी शरणार्थीसम्बन्धी बनाइएको अडिओको छानबिन हुनुपर्ने बताइन् । साथै राणाले महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले ब्यहोरिरहेको बताएकी छन् ।