१ मंसिर २०८१, शनिबार

मदन–आश्रित स्मृति दिवसले वामपन्थीबीच सहकार्य गर्ने प्रेरणा दिन्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  17 May, 2023 11:37 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताएका छन्।।

प्रधानमन्त्री दाहालले स्मरण गर्दै भनेका छन, “आज ३० औँ मदन–आश्रित स्मृति दिवस। रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु । यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।”

३० औं मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दैै प्रधानमन्त्री प्रचण्डले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !