९ मंसिर २०८१, आइतबार

देशभर बिमाको पहुँच पुर्‍याएर कृषि बिमाको दायरा विस्तार गरिने

प्रकाशित मिति :  19 May, 2023 5:26 pm


काठमाडौं । सरकारले बिमाको पहुँच पुर्‍याउने र कृषि बिमाको दायरा विस्तार गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति रामचन्द्र पौडेलले देशभर बिमाको पहुँच विस्तार गर्दै न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई ल्याउने घोषणा गरेका छन् ।

देशभर बिमाको पहुँच विस्तार गरिने र न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गर्न सहजीकरण गरिने राष्ट्रपति पौडेलले बताए ।

सरकारले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाउने घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !