१ मंसिर २०८१, शनिबार

सरकारले समस्यालाई दोष लगाएर उम्कन पाउँदैन: अध्यक्ष ओली

प्रकाशित मिति :  21 May, 2023 12:40 pm


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समस्यालाई दोष लगाएर उम्कन नपाउने बताएका छन् ।

आइतबार संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले अर्थतन्त्र संकटमा जाँदा पनि सरकार मौन रहेको र समस्यालाई नै दोष लगाएर उम्कन खोजेको बताएका हुन्।

ओलीले भने, “अर्थतन्त्र डिलमा पुर्‍याउने प्रमुख कारण कांग्रेस-माओबादी गठबन्धन हो। तथ्याकंहरुले त्यसो बोल्दैनन्। यो गठबन्धन जनतालाई सुःख दिन हो कि अर्थतन्त्र ओरालो लगाउन बनाएको हो ?”

ओलीले विगतको अर्थतन्त्रलाई नियाल्दै भने, “वि: सं २०७४ भन्दा अघिको एक दशकमा ४ प्रतिशतभन्दा कमदर रहेको आर्थिक वृद्धि, आर्थिक वर्ष २०७३ /०७४, २०७४/०७५, र २०७५/०७६ को तीनवर्षमा सरदर ६.५ प्रतिशतले बढेको थियो । सोही अवधिको विशेलषण गरेर बेलायतका प्रकाशित हुने ‘द इकोनोमिक पत्रिका’ले सन् २०१९ को डिसेम्बरमा नेपाललाई उच्च आर्थिक वृद्धि गर्ने विश्वका दश मुलुकभित्र समावेश गरेको थियो । कति छिटै दुई वर्षमा तपाईँहरूले विश्वका तीव्र आर्थिक विकास गर्ने दश वटा देशभित्र पुगिसेकको देशलाई नागपास खेले जसरी ९९ सय बाट दुईमा कसरी झार्नुभयो ?”

ओलीले अर्थतन्त्र उकास्दै गरेको एमालेको सरकारलाई ढालेर कांग्रेस/माओवादीसहित नयाँ गठबन्धन बनेको र त्यसले जनतालाई दु:ख दिइरहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !