सरकारलाई ओलीको प्रश्न : कालापानीमा नयाँ संरचना बनेका कुरा कतिको सत्य हो ?
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी क्षेत्रमा नयाँ संरचना बनेका कुरा मिडियामा आएको बताएका छन् ।
आइतबार संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा ओलीले लिम्पियाधुरा, कालापनी, लिपुलेक जस्ता क्षेत्रकाे वर्तमान अवस्था कस्तो छ ? भन्रे विषयमा सरकार बेखबर रहेको बताएका छन् ।
उनले भने,” छिमेकी मित्र राष्ट्रहरूको सम्बन्धलाई प्रधानमन्त्रीले कसरी लिनु भएको छ ? मित्र राष्ट्रहरूसँग राष्ट्रिय हितका विषयहरू खुलस्त राख्नु भएको छ कि छैन ? राख्ने गर्नु भएको छ कि छैन? समस्या छन् भन्रे कुरा राख्नु भएको छ कि छैन ? देशकाे सिमा कतिकाे सुरक्षित छ ? भन्रे विषयमा सरकारले कतिको वास्त गरेको छ त ?”
ओलीले आफू सत्य र यार्थथ विषयमा बोल्दा समेत केहीले विरोध गरेको बताएका छन् । “अस्ति मैले एक ठाउँमा बोले देशको भूगोल थोरै खुम्चियो भनेर तर एउटा मिडियाले यतिसम्म भन्यो कि जे पाए त्यति बोलेर हिड्ने केपी ओलीलाई सरकारले किन जेल हाल्दैन ? चीनमा भएकाे भए फासीँ दिने थियो । तर यहाँ किन यसरी खुल्ला रूपमा बाेल्न दिइयो भन्दै छ । म त देशको बारेमा बोलेको हो नि यार्थथ कुरा बोल्दा पनि जेल हाल्न आवश्यक छ र ? कि सरकारपनि त्यस्तै हो निति तथा कार्यक्रममा सरकार केही बोल्दैन त ?’’
ओलीले यस्ता महत्वपूर्ण विषमा आम नागरिकलाई जानकार दिनुपर्ने र देशको हितका लागि काम गर्न कुनैपनि मित्र राष्ट्रसँग नडराउन सरकारको ध्यानकार्षण गरेको छन् ।