१ मंसिर २०८१, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रकाशित मिति :  21 May, 2023 5:18 pm


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । उक्त प्रकरणमा पक्राउ परेका १६ जनालाई अनुसन्धानको लागि थप ३ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरीले आइतबार (आज) म्याद थपका लागी आरोपीलाई अदालतमा उपस्थित गराएको थियो ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन् । यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा सहित १६ जना पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस !