१ मंसिर २०८१, शनिबार

देशको सिमाना सुरक्षाको लागि सरकार प्रतिबद्ध छ :प्रधानमन्त्री

प्रकाशित मिति :  23 May, 2023 3:32 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो देशको सिमानाको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए ।

उनले भने, “थाती रहेको सीमासम्बन्धी बिषयलाई एतिहासिक सन्धि, नक्सा र तथ्यप्रमाणको आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ छ ।”

परराष्ट्र नीति संचालनमा सबै राजनितिक दलबाट एउटै धारणा हुनुपर्ने भन्रे कुरामा सरकारकाे विश्वासत रहेकाे र छिमेकी तथा अन्य मित्र राष्ट्रको सम्बन्धलाई थप प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको पनि प्रचण्डले बताए ।



प्रतिक्रिया दिनुहोस !