सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित
प्रकाशित मिति : 23 May, 2023 4:13 pm
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०|०८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट पारित भएको छ ।
तीन दिनको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।