१ मंसिर २०८१, शनिबार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

प्रकाशित मिति :  24 May, 2023 11:54 am


काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरूले शपथ लिएका हुन् । मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

प्रधानमन्त्रीले हिजो मंगलबार जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

मन्त्री र राज्यमन्त्रीको बुधबार शपथ भएसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।



प्रतिक्रिया दिनुहोस !