अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १२ लाख भारुको बीएमडब्ल्यु बाइक
काठमाडौँ । दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउने सहयोग गर्ने सुगत सतपथीलाई १२ लाख भारु मूल्यको बीएमडब्लु सुपरबाइक उपहार दिएका छन् ।
सुगतले इन्स्टाग्राममार्फत अजितका लागि दुई पटक बाइक यात्रा आयोजना गरेको बताएका छन्। उनले आफ्ना लागि २०२२ को अन्त्य एकदमै राम्रो रहेको भन्दै तमिल फिल्म उद्योगका सबैभन्दा ठूला सुपरस्टार मध्येका एक अजित कुमारको सम्पर्कमा आउन पाउँदा आफूलाई सौभाग्यमानी ठानेको बताएका हुन् ।
नोभेम्बरदेखि बाइक यात्रा सुरू गरेका अजितले मे ६ मा आफ्नो यात्रा अन्त्य गरेका हुन्। उनले सुगत सतपथीसँग नेपाल र भुटान भ्रमण गरेका थिए।
अभिनेता कुमार अहिले ७२ औं फिल्म‘ विडामुयार्ची को सुटिङको तयारीमा छन्। ‘विडामुयार्ची’ को सुटिङ सकिएपछि अजितले आगामी नोभेम्बरमा विश्व यात्रा सुरु गर्ने छन् जसमा उनले सातवटै महादेशका महत्वपूर्ण सहरको भ्रमण गर्नेछन् आगामी नोभेम्बरमा उनले पुनः बाइक यात्रा थाल्ने जनाएका छन् ।