९ कार्तिक २०८१, शुक्रबार

बिहीबारकाे माैसमः तराईमा हावाहुरी, चार प्रदेशकाे पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना 

प्रकाशित मिति :  25 May, 2023 7:08 am


काठमाडाैँ । आगामी  २४  घण्टामा कोशी  प्रदेश,  मधेश  प्रदेश,  बागमती  प्रदेश  र  सुदूरपश्चिम  प्रदेशको  केही  स्थान  तथा  बाँकी  प्रदेशको  थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ। 

बिहीबार  तराईका  केही  स्थानहरुमा  हावा-हुरीको  सम्भावना समेत भएको हुनाले  त्यसबाट  हुन  सक्ने क्षति/जोखिमबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन विभागले अनुराेध गरेकाे छ।



प्रतिक्रिया दिनुहोस !