६ आश्विन २०८१, आइतबार

किसानलाई राज्यले अनुदान दिनैपर्छः बाबुराम भट्टराई

प्रकाशित मिति :  25 May, 2023 7:25 am


काठमाडाैँ ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन्। बुधवार माईतीघर मण्डलामा उखु किसानहरूले गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउन पुगेका भट्टराईले यस्तो बताएका हुन्। 

उनले उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको बताए। कृषि अर्थतन्त्र धराशायी बनेको चर्चा गर्दै उनले आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।

भट्टराईले भने,  “हामी हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेका छौँ, यस्तो स्थितिमा राज्यले किसानलाई अनुदान दिनैपर्छ । यो संसारको नियम हो ।” 

उखु लगायतका किसानहरूले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेर कृषि अर्थतन्त्र पूरै धराशायी भएकाले लाखौँ मानिस विदेश पलायन हुन बाध्य भएकाे उनकाे भनाइ छ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !