९ कार्तिक २०८१, शुक्रबार

आइतवारकाे माैसमः कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने 

प्रकाशित मिति :  28 May, 2023 7:55 am


काठमाडाैँ। आइतवार दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ-गर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाे छ । 

आइतवार रातकाे समयमा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ । 

माैसमकाे भाषामा सामान्य वा साधारणतया बदली भनेकाे आकाशकाे ५१ प्रतिशतदेखि ७५ प्रतिशत क्षेत्र बादलले ढाकिने अवस्था हाे भने अधिकांश बदलि भनेकाे ७६ प्रतिशतदेखि ८८ प्रतिशतसम्म आकाशकाे भागमा बादलले ढाक्नु हाे । 



प्रतिक्रिया दिनुहोस !