६ आश्विन २०८१, आइतबार

नेपाल डेरी एसोसिएसनका अध्यक्ष दाहाल महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सदस्यमा मनोनयन

प्रकाशित मिति :  28 May, 2023 6:37 pm


काठमाडौँ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सदस्यमा मनोनयन भएका छन् ।

महासंघका कार्यकारिणी सदस्य डी.बी. बस्नेत सभापति रहेको केन्द्रको सदस्यमा अध्यक्ष दाहाल सदस्यमा मनोनयन भएका हुन् ।

महासंघले कृषि उद्यम केन्द्रलाई सशक्त रुपमा अगाडि बढाउने कार्यमा दाहालले महत्वपूर्ण योगदान पुर्‍याउने महासंघले विश्वास लिएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !