३ आश्विन २०८१, बिहिबार

हरेक जापानीलाई १ लाख येन नगद दिने प्रधानमन्त्री आबेको घोषणा

प्रकाशित मिति :  18 April, 2020 8:55 am


एजेन्सी, ५ वैशाख ।

जापानी सरकारले हरेक बासिन्दालाई ९ सय ३० अमेरिकी डलर बराबर हुने १ लाख येन नगद दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री सिन्जो आबे एक टेलिभिजन सन्देशमा भने ‘हामीले सबै जनतालाई नगद छिट्टै दिन गइरहेका छौं ।’

उनले राष्ट्रिय संकट विस्तार गर्ने निर्णयको जानकारी दिन गरेको सम्बोधनमा रहतका लागि नगद दिने घोषणा गरेका हुन् ।

कोरोनाभाइरसका कारण आम्दानीमा भएको कटौतीले घरपरिवारलाई परेको समस्या समाधान गर्न भन्दै प्रधानन्त्री आवेले रकम शुरूवाती समयमा तीन पटक दिइने योजना सुनाए ।

अप्रिलको अन्तिम साता र मेको शुरूसम्म हुने ‘द गोल्डन विक हलिडेज’को अवधिमा हिलडुल गर्न प्रतिबन्ध लगाइएको छ ।
मे ६ मा अधिकारीहरूले प्रतिबन्धबारे पुनर्विचार गर्ने आबेले जनाए ।

तेस्रो ठूलो अर्थतन्त्रलाई कोरोनाभाइरसका कारण लागेको प्रतिबन्धले मन्दीतर्फ धकेल्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !