नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता
प्रकाशित मिति : 1 June, 2023 1:38 pm
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डको भ्रमणका क्रममा आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् ।
मोदीले वर्षमा १० हजार मेगावाट विद्युत किन्ने, एक मलकारखाना सञ्चालनका लागि भारतले सहयोग गर्ने सहमति भएको बताए । त्यस्तै उनले नेपालमा पाइप लाइनबाट पेट्रोलियम पर्दाथ निर्यात गर्ने काम छिटै नै पूरा गर्ने बताएका हुन् ।