२९ पुस २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : ७ ओटा समझदारी पत्रमा हस्ताक्षर

प्रकाशित मिति :  1 June, 2023 2:28 pm


नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सात ओटा सम्झौतामा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै ७ वटा सम्झौता गरेका छन् ।

सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् ।

द्विपक्षीय भेटवार्तापछि समझदारी भएका विषयमा जानकारी गराई सहमती पत्रमा हस्ताक्षर समेत गरेका थिए, भने केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची यसप्रकार छन्

१ सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास

२ नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन

३ बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन

४ अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास

५ गोरखपुर न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास

६ सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी

६ तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट

७ फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट

८ क्रस बोर्डर पेमेन्ट समझदारी



प्रतिक्रिया दिनुहोस !