३ कार्तिक २०८१, शनिबार

गुल्मीको मालिका गाँउपालिकाद्धारा ४ दिन हिँड्दै आएका सल्यानी १० मजदुरको उद्धार

प्रकाशित मिति :  18 April, 2020 2:39 pm


मालिका गाँउपालिकाले उद्धार गरेर सल्यान पठाउँदै गरिएका मजदुर

गुल्मी, ६ वैशाख ।

गुल्मीको मालिका गाँउपालिकाले सल्यानका १० जना मजदुरको उद्धार गरेर घर पठाएको छ ।

बाग्लुङका हटिया खोलामा निर्माणधिन राजा पुलमा काम गर्दै आएका १० जना मजदुरको आज उद्धार गरेको हो ।

नाबालक बच्च र बृद्धबृद्धासहित १० जना ४ दिन हिँडेर गुल्मि आईपुगेका थिए । गाँउपालिका आफैले जिपको भाडा भुक्तान गर्ने गरि मजदुहरुको उद्धार गरेर आज सल्यानको कपुरकोट पठाएको हो ।

जसमा ६ जना सल्यानको कपुरकोट गाँउपालिका वडानम्बर- ५ का छ जना र  त्रिवेणी—५ का ४ जना छन् ।

ओखलढुंगा कन्सट्रक्सनले वेवास्था गरेपछि उनीहरु हिड्दै घर जानका लागि निस्किएका थिए ।



प्रतिक्रिया दिनुहोस !