धादिङ्गमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौँ । धादिङ्गको महादेवबेसीमा एक दिने नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएकाे छ । काठमाडाैँ पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालकाे प्राविधिक सहयोग तथा थाक्रे गाउँपालिका धादिङ्गसँगको सम्वन्यमा बाल विकास कार्यक्रम नेपालले शिविर सम्पन्न गरेको हो ।
महादेवबेसीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा सम्पन्न भएको उक्त शिविरमा १० नशा तथा हाडजोर्नी, २० स्त्री रोग, ३० नाक, कान, घाँटी ४० बाल रोग सेवा, ५० दन्त सेवा ६० जनरल फिजिसियन, ७० आँखा जाँच सेवा आदि जस्ता रोगहरूको जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण समेत गरेको संस्थाले जनाएको छ ।
करिब ९०२ जनाले प्राप्त गरेका सेवाहरुमा २८८ जनाले आँखा जाँच सेवा, २५७ जनाले बालरोग जाँच सेवा र ४ सय ५७ जनाले जनरल, नाक, कान, घाँटी, नशा तथा हाडजोर्नी, स्त्री रोग, दन्त सेवा आदि सेवा लिएको संस्थाले जनाएको छ ।
आँखा परिक्षणको लागि मातृका आँखा अस्पतालको टोलिले जाँच गर्नुकासाथै निःशुल्क औषधि उपलब्ध गराएको थियो । साथै आँखाको शल्यक्रिया गर्नुपर्नेहरुलाई निःशुल्क शल्यक्रिया समेत गरिने अस्पतालले जानकारी गराएको थियो ।