९ कार्तिक २०८१, शुक्रबार

आइतवारकाे माैसमः चार प्रदेशमा पानी पर्ने, तराइकाे तापक्रम नबढ्ने

प्रकाशित मिति :  11 June, 2023 6:41 am


काठमाडाैँ । आइतवार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा पानी पर्ने सम्भावना रहेकाे जल तथा माैसम पूर्मानुमान विभागले जनाएकाे छ।

यी स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहे पनि तराइ क्षेत्रमा भने पानी पर्ने सम्भावना न्युन छ । यद्यपी देशका तराईका भू-भागहरूको अधिकतम तापक्रम नबढ्ने विभागले जनाएकाे छ। 

अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागकाे अनुराेध छ ।



प्रतिक्रिया दिनुहोस !