२९ पुस २०८१, सोमबार

एसियन कप नेपालले पाकिस्तान र श्रीलंकामा खेल्ने सम्भावना

प्रकाशित मिति :  11 June, 2023 1:09 pm


काठमाडौं । भारत र पाकिस्तानको सम्बन्धका कारण लामो समयको अन्यैलतापछि एसियाकप क्रिकेट आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिलले खेल पाकिस्तान र श्रीलंकामा गर्ने गरी प्रतियोगिता सञ्चालन गर्ने छनक देखाएको छ ।

श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्डले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ ।

क्रिकइन्फोले जनाएअनुसार पाकिस्तानी क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई एसीसीले स्वीकृत गर्ने भएको छ । यसअनुसार प्रतियोगिताका १३ मध्ये ४ वा ५ वटा खेलहरू मात्र पाकिस्तानमा हुनेछन् । बाँकी खेलहरू श्रीलङ्कामा आयोजना हुने भएको छ ।

प्रतियोगितामा भारतले सबै खेल श्रीलङ्कामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेको खण्डमा फाइनल पनि श्रीलंकामा नै हुनेछ । प्रतियोगिताका लागि हाल १–१७ सेप्टेबरको समय निर्धारण गरिएको छ । पाकिस्तानमा हुने खेल लाहोरमा हुने सम्भावना छ ।

भारत–पाकिस्तान मतभेदका कारण प्रतियोगिताको आयोजनामै सन्देह भइरहेको समयमा यो महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ ।

दुई देशबीचको समस्याले भारतमा यसै वर्ष आयोजना हुन लागेको आईसीसी एकदिवसीय विश्वकपमै असर पर्नसक्ने सम्भावना थियो ।

सन् २०२५ मा पाकिस्तानले नै च्याम्पियन्स ट्रफी पनि आयोजना गर्दैछ । यो निर्णयले पाकिस्तानले विश्वकप आगमन पनि सहज हुनेछ ।

नेपालले पनि एसिया कपमा पहिलो पटक भाग लिँदैछ । यो प्रतियोगितामा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् ।



प्रतिक्रिया दिनुहोस !