काठमाडौँ महानगरले गर्यो दुई वटा अस्पताल सिल
प्रकाशित मिति : 13 June, 2023 8:35 am
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दर्ता नगरी संचालनमा रहेका दुई वटा अस्पतालमा ताला लगाएको छ ।
सोमबार काठमाडौं महानगरपालिक वडा ६ बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टरमा महानगरको जनस्वास्थ्य विभागले ताला लगाएको हो ।
जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार दर्तानै नगरी संचालन हुने स्वास्थ्य संस्था सरकार र नागरिकप्रति जिम्मेबार नभएकाले बन्द गराएको जानकारी दिए ।
उनका अनुसार अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको हो। दुवै अस्पताल १५\ १५ वटा शश्याका हुन । चाइनिज पिपुल्स अस्पतालमा अकुपंचर र पाइल्सको उपचार हुने गर्दछ भने सहयात्रीले गर्भपतन सेवा दिने गरेको थियाे ।