९ मंसिर २०८१, आइतबार

आज विश्व रक्तदाता दिवस

प्रकाशित मिति :  14 June, 2023 9:48 am


काठमाडौँ । आज विश्व रक्तदाता दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस गरी मनाउन लागिएको हो ।

‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइदै छ ।

प्रत्येक वर्षको जुन १४ का दिन विश्वभर विश्व रक्तदाता दिवस मनाउने गरिन्छ। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ।

यस दिवसका अवसरमा ब्लड डोनर्श एसोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

विश्वमा सन् २००४ मा पहिलो पटक विश्व रक्तदाता दिवस मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !