९ मंसिर २०८१, आइतबार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति :  14 June, 2023 11:24 am


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखा परेपछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन ।

अस्पतालले बुधवार एक विज्ञप्ति जारी गर्दै पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिदैँ डिस्चार्ज गरिएको जनाएको छ ।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका थिए । उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस !