१८ असार २०८१, सोमबार

कोरोना: अमेरीका र क्यानडाबीचको सिमाना थप एक महिना बन्द, विश्वभर मृतकको संख्या १ लाख ५९ हजार नाघ्यो

प्रकाशित मिति :  19 April, 2020 7:22 am


एजेन्सी, ७ वैशाख ।

क्यानाडाले अमेरीकासँग जोडिएका सिमा थप एकमहिनासम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।

अमेरीकामा कोरोना भाइरसका कारण मृतक र संक्रमितको संख्या बढीरहेका बेला क्यानाका प्रधानमन्त्रीले अमेरीकासँग जोडिएका सबै सिमा नाका थप ३० दिन बन्द गर्ने घोषणा गरेका हुन् ।

यसअघि सिमाना बन्द गर्ने गरिएको घोषण यसै मंगलबार सकिदै थियो ।

क्यानाडाका प्रधानमन्त्रीले दुबै देशका नागरिक सुरक्षित राख्नका लागि सिमा बन्द यथावत राख्ने निर्णय गरेको बताएका छन् । अत्यावश्यक सेवाबाहेक अमेरीका र अमेरीकाको नाका अब थप ३० दिन बन्द हुने छ ।

यसैबीच कोरोना भाइरसका कारण विश्वभर मर्नेको संख्या १ लाख ५९ हजार ५ सय १० पुगेको छ भने संक्रमितको संख्या २३ लाख १७ हजार ७ सय ५९ पुगेको अमेरीकी समाचार संस्था सीएनएनले जनाएको छ ।

अमेरीकामा मात्रै मृतकको संख्या ३८ हजार ६ सय ६४ पुगेको छ भने इटलीमा २३ हजार २ सय २७ जनाको ज्यान गदएको छ । स्पेनमा पनि मृतकको संख्या २० हजार पार गरेको छ ।

पछिल्लो आँकडा अनुसान स्पेनमा २० हजार ४३ जनाको मृत्यु भएको छ । फ्रान्समा १९ हजार ३ सय २३ जनाको मृत्यु भ्एको छ भने बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १५ हजार ७ सय २२ जना संक्रमित र ५ सय २१ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !