१ मंसिर २०८१, शनिबार

प्रभु बैंकले विद्युतीय गाडीमा कर्जा दिने

प्रकाशित मिति :  16 June, 2023 3:28 pm


काठमाडौं । एमजी गाडीको विद्युतीय सवारी साधन किन्नका लागि प्रभु बैंकले ऋण लगानी गर्ने भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स र बैंकबीच सम्झौता भएको छ ।

ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र पारामाउन्टका महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन्। गाडीको मूल्यको ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने बैंकले जनाएको छ।

ऋण बैंकका ३०१ वटै शाखाबाट उपलब्ध हुने छ।



प्रतिक्रिया दिनुहोस !