कर्णाली प्रदेशको बजेट मन्त्रिपरिषद्बारा अनुमोदन
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अनुमोदन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट मन्त्रिपरिषदबाट अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए ।
प्रदेश सभामा बजेट प्रस्तुत गर्न एक घण्टा बाँकी रहँदा शत्रुबार दिउँसो १ बजे मन्त्रीपरिषदले बजेट अनुमोदन गरेको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले दिउँसो ३ बजे झण्डै ३३ अर्व बढीको बजेट प्रदेशसभा बैठकमा पेश गर्दै छन् । तर, नयाँ बजेटको विषयलाई लिएर यहाँ पनि गठबन्धनै नेतामा असन्तुष्ट देखिएको छ । बजेट निर्माणमा मुख्यमन्त्री राजकुमार शर्माको ठाडो हस्तक्षेप गरेको भन्दै कांग्रेस असन्तुष्ट बनेको हो ।
तर, मुख्यमन्त्री शर्माले बजेट निर्माणमा अनावश्यक दबाव दिएपछि कांग्रेसका मन्त्रीहरूले बैठक बहिष्कार गरेको स्रोतको दाबी छ ।